Join our Channel

आज कोशी र कर्णाली प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना

आज कोशी र कर्णाली प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सामान्य स्थानमा र पश्चिममा दक्षिणतिर सरिएकाले सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको छ।

महाशाखाले जनाएको अनुसार दिउँसो देशका पहाडी भागमा साधारण बदली र केही स्थानमा मध्यम वर्षा हुन सक्छ। विशेषगरी कोशी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति कोशी र मधेस प्रदेशसहित पहाडी भागमा साधारणतया बदली र तराईमा आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा र कोशी तराईमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

विभागले वर्षाका कारण पहिरो, डेब्रिज फ्लो र नदीनालाको सतह बढ्ने जोखिम रहेको बताउँदै यातायात क्षेत्र प्रभावित हुन सक्ने चेतावनी दिएको छ। साथै, सर्वसाधारणलाई सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरिएको छ।

Leave a comment