Join our Channel

तरकारी किन्ने बहानामा सिक्री लुटपाट: २ जना माछापोखरीबाट सुनसहित पक्राउ

तरकारी किन्ने बहानामा सिक्री लुटपाट: २ जना माछापोखरीबाट सुनसहित पक्राउ

काठमाडौंको माछापोखरी तरकारी बजारमा तरकारी किन्ने बहानामा सुनको सिक्री लुटपाट गरी फरार रहेका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा:

  • २१ वर्षीय कौशल बस्नेत, बासोबास: तारकेश्वर नगरपालिका–८, जरङ्खु
  • २६ वर्षीय मिलन तामाङ, बासोबास: त्यही क्षेत्र

दुवै जना मिलेर काठमाडौं महानगरपालिका–२६, सामाखुशी टाउन प्लानिङमा बसोबास गर्ने ५१ वर्षीया लक्ष्मी घिमिरेको २ तोला २५ लालको (४ लाख ३८ हजार रुपैयाँ बराबरको) सुनको सिक्री लुटेर फरार भएका थिए।

माछापोखरीबाट पक्राउ

लुटपाटपछि फरार रहेका दुवै जनालाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले माछापोखरीस्थित कुमारी स्थान मन्दिर नजिकबाट लुटिएको सिक्रीसहित नियन्त्रणमा लिएको हो।

थप अनुसन्धान जारी

प्रहरीले पक्राउ परेकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार उनीहरूले योजनाबद्ध रूपमा महिलालाई पछ्याई लुटपाट गरेको हुनसक्ने आशंका गरिएको छ।

Leave a comment