
मधेस प्रदेशसभामा लगातार अनुपस्थित रहेका पाँच जना सांसदलाई प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका छन्। संविधानको धारा १८०(घ) अनुसार लगातार १० वटा बैठकमा अनुपस्थित सांसदलाई पदमुक्त गर्नसक्ने व्यवस्था छ, त्यही अनुसार कारबाही गरिएको सभामुखले जनाएका छन्।
पदमुक्त सांसदहरूमा
- उर्मिला देवी सिंह (नागरिक उन्मुक्ति पार्टी)
- मनिषकुमार सुमन (जसपा नेपाल)
- सन्जयकुमार यादव (जसपा नेपाल)
- संहासन सा कलवार (जसपा नेपाल)
- सारदा शंकर प्रसाद कलवार (जसपा नेपाल)
परेका छन्।
पदमुक्ति कात्तिक २७ गतेदेखि लागू हुने गरी निर्णय गरिएको छ।
सूचनामा भनिएको छ, “मिति २०८२ कात्तिक २७ गतेदेखि प्रदेशसभा सदस्यबाट पदमुक्त भएको हुँदा निजहरूको स्थान रिक्त भएको व्यहोरा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम जानकारी गराइन्छ।”
यस कारबाहीसँगै सम्बन्धित क्षेत्रका सिट रिक्त भएको छ र अब कानुनी प्रकृया अनुसार आगामी कदम तय हुनेछ।