Join our Channel

निर्वाचनबाट कुहिएका नेता हटाएर स्वच्छ युवा नल्याएसम्म ठूलो परिवर्तन हुँदैन: मन्त्री पुन

निर्वाचनबाट कुहिएका नेता हटाएर स्वच्छ युवा नल्याएसम्म ठूलो परिवर्तन हुँदैन: मन्त्री पुन

शिक्षा, विज्ञान र प्रविधिमन्त्री महावीर पुनले आगामी २१ फागुनमा हुने निर्वाचनमा युवालाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले भने:
“भ्रष्टाचारलाई सकेसम्म कम गरेर सबै जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशी हस्तक्षेप रोकियोस् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आओस् भन्ने सपना देख्ने सबै नेपालीले योग्य, नैतिक र दृढ संकल्प भएको युवा जनप्रतिनिधि छान्न कुनै पनि झगडा नगरी संगठित रूपमा चुनावमा भाग लिन तयारी थाल्नुपर्छ।”

स्वच्छ युवालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड

मन्त्री पुनका अनुसार,

  • “कुहिएका नेतालाई हटाएर स्वच्छ युवा नेतालाई अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव छैन।”

उनले युवाहरूलाई बाँडिन होइन, एकजुट भएर चुनावमा भाग लिन आग्रह गरेका छन्।

Leave a comment