Join our Channel

महावीर पुन : “मन्त्री नभन्नु, रहर भए ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नुहोस्”

महावीर पुन : “मन्त्री नभन्नु, रहर भए ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नुहोस्”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका आविष्कारक महावीर पुनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत पहिलो घोषणा गर्दै, बधाई दिने फोन नगर्न र खादा-माला लिएर नआउन अनुरोध गरेका छन्।

पुनले विज्ञान, प्रविधि र शिक्षामा सुधारका लागि सुझाव र ठोस कामको खाका चाहिएको उल्लेख गरेका छन्। “५ महिनाभित्र गर्न सकिने र गर्नैपर्ने काम वा आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनुहोस्,” उनले भने।

उनले थपे, “मलाई कसैले पनि मन्त्री नभन्नुहोस्। यदि कसैलाई मन्त्री भन्नै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नुहोस्।”

महावीर पुन विगत लामो समयदेखि ग्रामीण क्षेत्रका लागि इन्टरनेट, स्वास्थ्य र शिक्षा क्षेत्रमा नवप्रवर्तन र अभियान सञ्चालन गर्दै आएका छन्। उनको मन्त्रीमा सिफारिसपछि सामाजिक सञ्जालमा समर्थन र आलोचना दुवै चर्किएको छ।

Leave a comment