Join our Channel

जेन–जी आन्दोलनको क्रममा माओवादी द्वन्द्वकालका महत्त्वपूर्ण मुद्दाका फाइलहरू पनि नष्ट

जेन–जी आन्दोलनको क्रममा माओवादी द्वन्द्वकालका महत्त्वपूर्ण मुद्दाका फाइलहरू पनि नष्ट

जेन–जी आन्दोलनको क्रममा माओवादी द्वन्द्वकालका महत्त्वपूर्ण मुद्दाका फाइलहरू ध्वस्त भएको अदालतका एक कर्मचारीले जानकारी दिएका छन्।

अदालतमा रहेका मुद्दाका मिसिल, अभिलेख, इतिहास र नजिरहरू खरानी पारिने क्रममा माओवादीसँग सम्बन्धित धेरै फाइलहरू पनि जलाइएको भेटिएको हो।

विशेषगरी, माओवादी द्वन्द्वकालमा नेताहरूमाथि लागेका व्यक्ति हत्यासम्बन्धी मुद्दाका फाइलहरू नष्ट भएका छन्। सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र कास्की अदालतमा रहेका मुद्दाका मिसिल र दस्तावेज खरानी भएका छन्।

अदालतका कर्मचारीहरूले जानकारी दिएअनुसार, फाइल जलाउने कार्यमा संलग्नहरूले पूर्वनिर्धारित योजना अनुसार कुन फाँटमा आक्रमण गर्ने भनेर जानकारि राखेर आगो लगाएका थिए।

यस घटनाले न्यायिक प्रक्रिया र ऐतिहासिक अभिलेख संरक्षणमा ठूलो असर पारेको छ र अदालत तथा सम्बन्धित निकायहरूले थप अनुसन्धान सुरु गरेका छन्।

Leave a comment