
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको गाडीले शनिबार बिहान ११ वर्षीया बालिका उषा सुनारलाई ठक्कर दिएको छ।
दुर्घटना ललितपुरको हरिसिद्धि क्षेत्रमा भएको हो। मन्त्री मगर गोदावरीमा जारी नेकपा एमालेको विधान अधिवेशनमा जाँदै थिए। बिहान करिब ७ बजे भएको घटनामा मन्त्री सवार को १ झ ६९९ नम्बरको गाडी ठक्कर दिएर रोकिएन र सीधै अगाडि बढेको स्थानीयले आरोप लगाए।
दुर्घटनापछि के भयो?
- आक्रोशित स्थानीयले सडक अवरुद्ध गरे।
- बालिकालाई उपचारपछि डिस्चार्ज गरियो।
- वार्तापछि सडक पुनः सञ्चालनमा ल्याइयो।
जिल्ला प्रहरी परिसर ललितपुरका वरिष्ठ उपरीक्षक श्याम अधिकारीका अनुसार, बालिकाको परिवार डेरामा बस्दै आएको र उनकी आमा वैदेशिक रोजगारीमा रहेको जनाइएको छ।