Join our Channel

सञ्चारमाध्यममाथि आक्रमणप्रति सरकार गम्भीर : मन्त्री जगदिश खरेल

सञ्चारमाध्यममाथि आक्रमणप्रति सरकार गम्भीर : मन्त्री जगदिश खरेल

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले हालै सञ्चारमाध्यममा भएको तोडफोड र आगजनीप्रति सरकारले गम्भीर ध्यान दिएको बताएका छन्।

मंगलबार तिनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालय अवलोकनका क्रममा उनले प्रेस स्वतन्त्रताको विपरीत भएका घटनाप्रति सरकार सचेत रहेको स्पष्ट पारे।

मन्त्री खरेलले आन्दोलनमा संलग्न जेनजीहरूले सञ्चारमाध्यममा आक्रमण नगरेको बताउँदै, “जेनजीको आन्दोलन स्वार्थरहित हो। तर स्वार्थ बोकेका केही व्यक्तिहरूले सञ्चारमाध्यममा तोडफोड र आगजनी गरेका छन्,” भने।

उनका अनुसार प्रदर्शनका क्रममा पत्रकारहरू समेत घाइते भएका छन् र मन्त्रालयले त्यसलाई गम्भीरताका साथ लिएको छ।

मन्त्री खरेलले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको मर्म विपरीत हुनेगरी भएका घटनाप्रति सरकारले कुनै सम्झौता नगर्ने बताए। साथै संकटको बेला पनि सञ्चारमाध्यमले व्यवसायिक धर्म पालन गरेको भन्दै सराहना गरे।

Leave a comment