Join our Channel

मिस युनिभर्स नेपाल २०२५ को फिनाले बुधबार, १४ सुन्दरीबीच प्रतिस्पर्धा

मिस युनिभर्स नेपाल २०२५ को फिनाले बुधबार, १४ सुन्दरीबीच प्रतिस्पर्धा

मिस युनिभर्स नेपाल २०२५ को फिनाले यही बुधबार राजधानीमा हुँदैछ। काठमाडौंको रोएल टुलिप होटेलमा आयोजना हुने फिनालेका लागि तयारी पूरा भएको आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरकी राष्ट्रिय निर्देशक संगीता पुरीले जानकारी दिइन्।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष युवतीहरूको सहभागीता अझै राम्रो भएको छ। अन्तिम चरणमा पुगेका १४ जना प्रतिस्पर्धी नै उत्तिकै प्रतिभाशाली रहेको उनको भनाइ छ।

फिनाले दिउँसो ४ बजेबाट सुरु हुनेछ। यसपटक कुनै उचाइ, तौल वा वर्गको आधारमा मापदण्ड नराखिएकाले विभिन्न पेसा र पृष्ठभूमिका महिलाहरूले प्रतिस्पर्धामा स्थान पाएका छन्। निर्देशक पुरीले भनिन्, “नेपाली महिलाहरूको असीम क्षमता देखाउने यो प्लेटफर्म हो। तपाईं जस्तो हुनुहुन्छ, त्यही तपाईंको सौन्दर्य हो।”

यस वर्षदेखि मिस युनिभर्स नेपाललाई रियालिटी शोको रूपमा पनि प्रस्तुत गरिएको छ। युट्युबमार्फत सार्वजनिक ६ एपिसोडमा प्रतिस्पर्धीहरूले कल्चरल फोटोसुट, किचेन च्यालेन्ज, रनवे च्यालेन्ज लगायतमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रमको कोरियोग्राफी दिक्पाल कार्कीले गरेका छन् भने पेजेन्टकी अध्यक्ष साबी पुरीले यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी बनाउन निरन्तर प्रयास भइरहेको बताएकी छिन्।

Leave a comment