Join our Channel

खाली खुट्टा हिँडेर सुर्खेतदेखि काठमाडौं आएका बोहराले प्रधानमन्त्री ओलीसँग गरे विशेष भेट

खाली खुट्टा हिँडेर सुर्खेतदेखि काठमाडौं आएका बोहराले प्रधानमन्त्री ओलीसँग गरे विशेष भेट

सुर्खेतबाट राजधानी काठमाडौंसम्म खाली खुट्टा हिँडेर सामाजिक अभियानमा जुटेका नवराज बोहराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष भेट गरेका छन्।

बोहराले कर्णाली प्रदेशको सुशासन, विकास, वातावरणीय सन्तुलन र पशु संरक्षणजस्ता महत्वपूर्ण विषयमा जनचेतना फैलाउने उद्देश्यसहित जेठ ४ गतेदेखि आफ्नो यात्रा सुरु गरेका थिए। ३१ दिन लामो यात्रापछि उनी असार ३ गते काठमाडौं आइपुगेका हुन्।

त्यसै दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजे पनि प्रधानमन्त्रीको व्यस्त कार्यतालिकाका कारण उनी आइतबार मात्र बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट्न सफल भए।

भेटको क्रममा बोहराले प्रधानमन्त्रीलाई आफ्नो अभियानमार्फत देखेका समस्याहरू, उपचार नपाएका बालबालिकाका पीडा, र विभिन्न सामाजिक समस्याबारे जानकारी गराए। प्रधानमन्त्री ओलीले बोहराको पवित्र उद्देश्यको प्रशंसा गर्दै स्वास्थ्य र परिवारको ख्याल राख्दै अगाडि बढ्न सुझाव दिएका थिए।

भेटपछि बोहराले आफूले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो पहिलो चरणको अभियान सम्पन्न भएको जानकारी दिए। अबदेखि भने उनले जुत्ता लगाएर, दाह्री काटेर नयाँ ढंगमा अभियानलाई निरन्तरता दिने घोषणा गरेका छन्।

Leave a comment