Join our Channel

सुनको मूल्यमा एकैदिन ५ हजार २०० रूपैयाँले उछाल, नयाँ दर कति ?

सुनको मूल्यमा एकैदिन ५ हजार २०० रूपैयाँले उछाल, नयाँ दर कति ?

नेपाली बजारमा सुनको मूल्य आज एकैदिन ५ हजार २०० रूपैयाँले बढेको छ। अघिल्लो दिन सोमबार प्रतितोला १,९०० रूपैयाँले घटेको सुन मंगलबार फेरि ठूलो मात्रामा वृद्धि भएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाला सुनको मूल्य प्रतितोला रु. २,४७,९०० कायम गरिएको छ। सोमबारको गिरावटपछि मंगलबारको यो ठूलो उछालले बजार फेरि सक्रिय बनेको देखिन्छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज एक तोला चाँदी रु. ३,२०० मा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार चाँदी रु. ३,१३५मा कारोबार भएको थियो।

लगातार उतार–चढाव भइरहेका कारण सुन–चाँदी बजारमा व्यापारीदेखि सर्वसाधारण उपभोक्ता सम्म मूल्य प्रवृत्तिप्रति सतर्क बनेका छन्।

Leave a comment