Join our Channel

एक तोला सुनको मूल्य साढे २ लाख पुग्यो, चाँदीको मूल्यमा पनि वृद्धि

एक तोला सुनको मूल्य साढे २ लाख पुग्यो, चाँदीको मूल्यमा पनि वृद्धि

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य रुपैयाँ २,५०,९०० कायम भएको छ।

बुधबार सुनको मूल्य प्रतितोला रुपैयाँ २,४८,९०० मा खरिदबिक्री भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य रुपैयाँ ३,२७० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
बुधबार चाँदीको मूल्य प्रतितोला रुपैयाँ ३,२४० पुगेको थियो।

विशेषज्ञहरूले सुनको मूल्य बढ्नुको कारण वैश्विक बजारमा सुनको मूल्य वृद्धि, नेपाली बजारमा माग र आपूर्ति तथा विदेशी मुद्रा दरमा उतार–चढाव भएको बताउँछन्।

Leave a comment