Join our Channel

नेपाल आयल निगमको ट्याङ्करबाट अवैध पेट्रोल झिक्ने चार जना पक्राउ

नेपाल आयल निगमको ट्याङ्करबाट अवैध पेट्रोल झिक्ने चार जना पक्राउ

मकवानपुर प्रहरीले नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गर्ने ट्याङ्कर चालकसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

आइतबार दिउँसो अम्लेखगंजबाट थानकोट, काठमाडौंतर्फ गइरहेको ना४ख ९३७७ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट पेट्रोल झिकिएको पाइएको प्रहरीले जनाएको छ। सो ट्याङ्करबाट मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित जय शिव शरणम् फ्यूल सेटरमा अवैध रूपमा पेट्रोल झिकिएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

मकवानपुर प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीका अनुसार यो घटना इन्धन चोरी र कालोबजारी नियन्त्रणका लागि महत्वपूर्ण कदम मानिएको छ।

Leave a comment