Join our Channel

बाँकेमा ट्रक र टिपर ठोक्किँदा एकको मृत्यु, एक घाइते

बाँकेमा ट्रक र टिपर ठोक्किँदा एकको मृत्यु, एक घाइते

पूर्व–पश्चिम महेन्द्र राजमार्गको बाँके खण्डमा ट्रक र टिपर ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बुधबार बाँकेको राप्तीसोनारी गाउँपालिका–२, मुगुखा खोला नजिक ना५ख ३६१० नम्बरको ट्रक र भे१ख ३१६९ नम्बरको टिपर ठोक्किँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुवै सवारी कोहलपुरतर्फ आइरहेका बेला पछाडिबाट टिपरले ट्रकलाई ठक्कर दिएको थियो। दुर्घटनामा राप्तीसोनारी–१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीको मृत्यु भएको हो।

सोही दुर्घटनामा टिपरमा सवार कोहलपुर–१५ का २५ वर्षीय सुदीप चौधरी घाइते भएका छन्। उनको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको छ। खत्रीको शव भेरी अस्पताल, नेपालगन्जमा ल्याइएको प्रहरीले जनाएको छ।

Leave a comment