Join our Channel

नेपालको ऐतिहासिक जित : यू–१६ इस्टजोन कप सेमिफाइनलमा नेपाल, इन्डोनेसियालाई ३७० रनले हरायो

नेपालको ऐतिहासिक जित : यू–१६ इस्टजोन कप सेमिफाइनलमा नेपाल, इन्डोनेसियालाई ३७० रनले हरायो

नेपाली यू–१६ क्रिकेट टोलीले एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। आइतबार मलेसियाको सेलेङ्गर टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो।

नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाएको थियो, जुन नेपाली क्रिकेटको कुनै पनि उमेर समूहमा सबैभन्दा ठूलो योगफल हो। ओपनर प्रसिद्ध जैसीले ११४ बलमा १५ चौका र १ छक्का सहित १३२ रन बनाए भने परिमार्जन यादवले २८ बलमा ७१ रनको विस्फोटक इनिङ्स खेले।

रौनक श्रीवास्तवले ८८, जोय थापाले ५७ र सुगम बुढाथोकीले ३९ रन बनाए। बलिङतर्फ कप्तान विपिनप्रसाद शर्माले ७.३ ओभरमा १२ रन खर्चेर ६ विकेट लिएर इन्डोनेसियालाई ५० रनमै अलआउट गरे।

नेपाल समूह ‘ए’ मा रहेको छ र तीनै खेल जित्दै ६ अंकसहित शीर्ष स्थानमा छ। सिंगापुर, जापान, इन्डोनेसिया र भुटान रहेको समूहमा नेपालले सिंगापुरलाई ६ विकेट र जापानलाई ९ विकेटले हराएको थियो।

नेपालले अब मंगलबार भुटानसँग खेल्नेछ। समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्। प्रतियोगिताको फाइनल आगामी जुलाई ५ तारिखमा हुनेछ।

Leave a comment