Join our Channel

मधेससहित चार प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

मधेससहित चार प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा उत्तरतर्फ सरेर नेपालको तराई क्षेत्रमा अवस्थित भएको छ। देशभर मनसुनको प्रभाव रहँदा पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ।

हाल देशभर साधारणतया बदली रहेको र गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको विभागले जानकारी दिएको छ। बाँकी प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ।

दिउँसोको पूर्वानुमान

  • देशको पहाडी भूभागमा साधारण बदली, बाँकी क्षेत्रमा आंशिक बदली
  • कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा मध्यम वर्षा
  • मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा वर्षाको सम्भावना

रातिको पूर्वानुमान

  • देशभर साधारण बदली
  • मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षा
  • बाँकी प्रदेशका केही स्थानमा वर्षा
  • कोशीका पहाडी भाग, मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई भागका केही स्थानमा भारी वर्षा

विभागको आग्रह

मनसुनको सक्रिय समय भएकाले पछिल्लो मौसमी सूचनामा अपडेट रहन सर्वसाधारण र सरोकारवालाहरूसँग विभागले अनुरोध गरेको छ।

Leave a comment