Join our Channel

नाइजेरियामा इस्लामिक स्टेटको आक्रमण: ३४ सैनिक मारिए, सुरक्षा संकट गहिरियो

नाइजेरियामा इस्लामिक स्टेटको आक्रमण: ३४ सैनिक मारिए, सुरक्षा संकट गहिरियो

नाइजेरियाको दक्षिणपश्चिमी भाग, मालीको सीमामा रहेको बानी बङगौ नामक क्षेत्रमा इस्लामिक स्टेट (आईएसआइएस) आतंककारी समूहले सैनिक अड्डामाथि ठूलो सशस्त्र आक्रमण गर्दा कम्तीमा ३४ जना सैनिकको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।

शुक्रबार नाइजेरियाको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिहीबार भएको यस आक्रमणमा आतंककारीहरूले आठवटा गाडी र २०० भन्दा बढी मोटरसाइकल प्रयोग गरेको जानकारी दिएको छ।

आक्रमणपछि सेनाले प्रभावित क्षेत्रमा हवाइ तथा स्थल निगरानी अभियान चलाएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।

आईएसले आफ्नो आधिकारिक माध्यममार्फत विज्ञप्ति जारी गर्दै हमलाको जिम्मेवारी लिएको छ। यस आक्रमणले नाइजेरियाको सुरक्षा अवस्था अझै नाजुक भएको देखाएको छ र सुरक्षाकर्मीहरू अझ सतर्क बन्नुपर्ने अवस्था आएको छ।

रक्षा मन्त्रालयले थप विवरण आउन बाँकी रहेको बताएको छ।

Leave a comment