Join our Channel

नर्भिकले साधारण शेयर निष्काशन गर्ने

नर्भिकले साधारण शेयर निष्काशन गर्ने

नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि २५,००,००० (२५ लाख) कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ। यसका लागि अस्पतालले निष्काशन तथा बिक्री व्यवस्थापकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

नर्भिक अस्पतालको यात्रा

  • स्थापना: सन् १९९३ मा ३० शैयाबाट सुरुवात
  • हाल: २०० शैयाको बहु-विशेषज्ञ अस्पताल
  • विस्तार योजनाः ३०० शय्या क्षमतामा स्तरोन्नति हुँदै

नर्भिक इन्टरनेशनल हस्पिटल नेपालकै पहिलो अग्रणी कर्पोरेट अस्पताल हो। अत्याधुनिक पूर्वाधार, दक्ष जनशक्ति, आधुनिक चिकित्सा प्रविधि र निरन्तर लगानीका कारण नर्भिकले नेपाल र विदेशका बिरामीलाई काठमाडौंमै विश्वस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

Leave a comment