Join our Channel

नुवाकोटका मुख्य सडकमा चार पांग्रे सवारी सञ्चालनमा रोक

नुवाकोटका मुख्य सडकमा चार पांग्रे सवारी सञ्चालनमा रोक

अविरल वर्षापछि बढ्दो जोखिमका कारण नुवाकोटका मुख्य सडक मार्गमा चार पांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यात्रु तथा धनजनको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले अस्थायी रूपमा यातायात बन्द गरेको जनाएको छ।

प्रहरीका अनुसार, काठमाडौंबाट नुवाकोट प्रवेशका लागि सबैभन्दा छोटो दूरीका सडकहरू — गंगटे–छहरे–टोखा मार्ग, पासाङल्हामु मार्गगल्छी–देवीघाट सडकखण्ड — मा बाढी र पहिरोको उच्च जोखिम देखिएकाले यातायात रोक लगाइएको हो।

प्रहरी नायव उपरीक्षक विक्रम लामाका अनुसार, ती सडकखण्डमा निरन्तर वर्षाका कारण सडकको अवस्था कमजोर बन्दै गएको र सवारी आवतजावतले दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले तत्कालका लागि चार पांग्रे सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको हो।

उनले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक उक्त मार्ग प्रयोग नगर्न आग्रह गर्दै भने,

“सडकमा जोखिम बढेकाले यात्रुहरूको सुरक्षाका लागि तत्काल सवारी सञ्चालनमा रोक लगाइएको हो। मौसम सामान्य भएपछि मात्र सडक पुनः खोलिनेछ।”

जिल्ला प्रहरी कार्यालय नुवाकोटले पनि वर्षाका कारण पहिरो र सडक धसिने खतरा कायम रहेको भन्दै सावधानी अपनाउन सबै सवारी चालक र यात्रुलाई अनुरोध गरेको छ।

Leave a comment