Join our Channel

‘न्याउली बनैमा’ युट्युब चार्ट्सको शिखरमा: दर्शकको मन जित्यो पाश्र्वगीत

‘न्याउली बनैमा’ युट्युब चार्ट्सको शिखरमा: दर्शकको मन जित्यो पाश्र्वगीत

फिल्म ‘वरिष्ठ बलराम’मा समावेश पाश्र्वगीत ‘न्याउली बनैमा’ युट्युब चार्ट्सको शीर्षस्थानमा पुगेको छ। यो तथ्यांक पछिल्लो २८ दिनको हो।

यस गीतले दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’कला लम्साल–आशिष अविरलको ‘अन्टी लभर’ लाई पछि पार्दै पहिलो स्थान कब्जा गरेको हो।

गीतका विशेषता:

  • संगीत संयोजन: ‘भ्वाइस अफ नेपाल’ चौथो सिजनका फाइनलिस्ट प्रशान्त सिवाकोटीले संगीतबद्ध।
  • स्वर: प्रशान्त सिवाकोटी र शान्तीश्री परियार
  • नृत्य: विजय बराल र समृद्धि अर्याल, नृत्य निर्देशन प्रदीप लामाको।
  • लोकप्रियता: युट्युबमा १ करोडभन्दा बढी हेरिएका छन्। टिकटक र रिल्समा पनि गीत निकै रुचाइएको छ।

हलमा पनि दर्शकहरूले यो गीतलाई रमाइलो र मनोरञ्जनको अनुभवको रूपमा मन पराएका छन्। मधुर लय र मिठासले भरिएको गीतले संगीतप्रेमीहरूको मन जित्न सफल भएको छ।

Leave a comment