Join our Channel

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी जारी

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी जारी

फिलिपिन्सको मिन्दानाओ केन्द्रमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्भेका अनुसार, भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको छ।

भूकम्पपछि सुनामीको चेतावनी पनि जारी गरिएको छ। अहिलेसम्म क्षति वा जनधनको विवरण आइसकेको छैन।

फिलिपिन्समा यसअघि पनि ठूलो भूकम्पको अनुभव भइसकेको छ। ३० सेप्टेम्बर २०२३ मा सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प हुँदा ६९ जनाको मृत्यु र करिब १५० जना घाइते भएका थिए।

स्थानीय प्रशासन र आपतकालीन निकायहरूले सतर्कता अपनाउन सबै नागरिकलाई आग्रह गरेका छन्।

Leave a comment