Join our Channel

प्रधानमन्त्री कार्की र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन्।

मंगलबार भएको भेटमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्यदेश निर्वाचनमा सहयोगको लागि आग्रह गरेकी थिइन्।

यस अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री मोदीको सन्देशमा नेपाल–भारतबीचको मित्रता र सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। राजदूत श्रीवास्तवले असल छिमेकीको नाताले नेपालको आवश्यकताअनुसार भारतको सहयोग रहने जानकारी दिएका थिए।

सो अवसरमा उनले आगामी असोज २ गते प्रधानमन्त्री मोदी र प्रधानमन्त्री कार्कीबीच टेलिफोन वार्ता हुने तयारी रहेको जानकारीसमेत दिएका छन्।

Leave a comment