Join our Channel

प्राधिकरण अध्यक्षका लागि आवेदन खुला, सात दिनभित्र दर्ता गर्न सकिने

प्राधिकरण अध्यक्षका लागि आवेदन खुला, सात दिनभित्र दर्ता गर्न सकिने

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले प्राधिकरण अध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

सूचनाअनुसार, बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुनमा कम्तीमा स्नातकोत्तर (वा सो सरह) शैक्षिक योग्यता प्राप्त र सम्बन्धित क्षेत्रमा न्यूनतम पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव भएका व्यक्ति मात्र आवेदन दिन सक्नेछन्।

आवेदनका मुख्य मापदण्डहरू:

  • उमेर: ३० वर्ष पूरा र ६५ वर्ष ननाघेको।
  • दस्तुर: रु. ७,५००।
  • आवेदन अवधि: सात दिनभित्र।

सरकारले यसअघि शरद ओझालाई प्रस्तुत कागजात शंकास्पद भएको ठहर गर्दै भदौ २ गते बर्खास्त गरेको थियो। हाल सो पदमा सेवन्तक पोखरेललाई जिम्मेवारी दिइएको छ।

Leave a comment