Join our Channel

पीएसजीले यूईएफए सुपरकप उपाधि जित्यो, टोटनहमलाई ४–३ ले हराउँदै इतिहास रच्यो

पीएसजीले यूईएफए सुपरकप उपाधि जित्यो, टोटनहमलाई ४–३ ले हराउँदै इतिहास रच्यो
Getty Images

युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार यूईएफए सुपरकपको उपाधि जित्दै आफ्नो उत्कृष्ट लय कायम राखेको छ। नयाँ सिजनको पहिलो उपाधि जित्ने क्रममा पीएसजीले युरोपा लिग विजेता टोटनहमलाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको हो।

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो। पहिलो हाफमा टोटनहमका मिकी भान डे भेन र क्रिस्टियन रोमेरोले गोल गर्दै टोलीलाई २–० ले अगाडि पुर्‍याएका थिए। तर, पीएसजीका लागि ली काङ–इनले ८५ औं मिनेटमा पहिलो गोल फर्काए भने इन्ज्युरी समयमा गोन्जालो रोमोसले बराबरी गोल गरे।

टाइब्रेकरमा नुनो मेन्डिजले निर्णायक गोल गर्दै पीएसजीलाई उपाधि दिलाए। यो कुनै पनि फ्रान्सेली क्लबले सुपरकप जितेको पहिलो पटक हो। यससहित पीएसजीले सन् २०२५ मा जितेको उपाधिको संख्या पाँच पुगेको छ।

टोटनहमका लागि नयाँ प्रशिक्षक थोमस फ्रैंकका नेतृत्वमा सुखद सुरुआत लिन नसक्नु निराशाजनक रह्यो। पीएसजीले यसअघि क्लब वर्ल्डकपको फाइनलमा चेल्सीसँग हार भोगेको थियो भने यसपटक यूरोपेली प्रतिस्पर्धामा विजयी सुरुआत गरेको छ।

Leave a comment