Join our Channel

देवकुमार ढकाल राष्ट्रिय वाणिज्य बैङ्कको सञ्चालक समितिको अध्यक्षमा चयन

देवकुमार ढकाल राष्ट्रिय वाणिज्य बैङ्कको सञ्चालक समितिको अध्यक्षमा चयन

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड (RBB) को सञ्चालक समितिको अध्यक्षमा देवकुमार ढकाल सर्वसम्मत रुपमा चयन भएका छन्। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो। त्यसपछि ढकालले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

ढकालसँग नेपाल राष्ट्र बैङ्क (NRB) मा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा सेवा गर्ने अनुभव छ। उनी पछिल्लो समय राष्ट्र बैङ्कमा निर्देशकको हैसियतमा कार्यरत थिए। उनी वित्तीय प्रणाली, बैंकिङ प्रशासन, नियमन प्रणाली जस्ता क्षेत्रमा विशेष जानकार मानिन्छन्।

ढकालको स्वागत सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्राडा रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, कम्पनी सचिव प्रमोद अधिकारी र अन्य व्यवस्थापन टोलीले गरेका थिए।

आरबीबीको पृष्ठभूमि:

विसं २०२२ मा स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्क हाल देशभर ३०९ शाखामार्फत ७७ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको छ। बैङ्कको सेवा क्षेत्र करिब ४७ लाखभन्दा बढी सेवाग्राही सम्म फैलिएको छ।

आरबीबीले प्रविधिमा आधारित वित्तीय समावेशीकरण, दिगो बैंकिङ सेवा विकास, र समय सापेक्ष सेवा प्रणालीमा आधुनिकीकरण लाई आफ्नो प्रमुख लक्ष्य बनाउँदै आएको छ।

Leave a comment