Join our Channel

क्रिस्टियानो रोनाल्डोले अल–नासरसँग थप दुई वर्षको सम्झौता, क्लबमै बस्ने निर्णय

क्रिस्टियानो रोनाल्डोले अल–नासरसँग थप दुई वर्षको सम्झौता, क्लबमै बस्ने निर्णय
Getty Images

साउदी अरेबियन फुटबल क्लब अल–नासरक्रिस्टियानो रोनाल्डोबीचको सम्बन्ध अझै दुई वर्षका लागि लम्बिएको छ। पछिल्लो समय क्लब परिवर्तन गर्ने चर्चा भइरहेका बेला रोनाल्डोले आफ्नै क्लब अल–नासरसँग सम्झौता नविकरण गरेका हुन्।

४० वर्षीय रोनाल्डोको पछिल्लो सम्झौता जुन महिनासम्म मात्र कायम थियो। तर बिहीबार उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नयाँ अध्याय सुरु भएको बताएका छन्। उनले भनेका छन् – “एक नयाँ अध्यायको सुरुवात भयो। उही जोश, उही सपना। आयौं मिलेर इतिहास बनाऔं।”

बीबीसी, स्काई स्पोर्ट्स, युरो विक्लि न्युज, गोल डटकम लगायतका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले रोनाल्डोले अल–नासरसँग थप दुई वर्षको सम्झौता गरिसकेको पुष्टि गरेका छन्।

केही समयअघि उनले सामाजिक सञ्जालमा ‘अर्को अध्याय समाप्त भयो’ लेखेपछि क्लब परिवर्तनको चर्चा चुलिएको थियो। उनले फिफा क्लब विश्वकप खेल्ने सम्भावना पनि रहेको बताएका थिए। तर अन्ततः उनी अल–नासरमै बस्ने निर्णयमा पुगेका छन्।

रोनाल्डोको अद्वितीय उपलब्धि

रोनाल्डोले २०२३ मा अल–नासर क्लबमा आबद्ध भएका थिए। क्लबबाट अहिलेसम्म उनले १११ खेलमा ९९ गोल गरिसकेका छन्। यस सिजन मात्रै उनले ३० खेलमा २५ गोल गरेका छन्।

विश्व फुटबलमा सर्वाधिक गोल गर्ने अभियानमा रहेका रोनाल्डोले अहिले ९३८ गोल गरिसकेका छन्। उनी एक हजार गोल पूरा गर्ने लक्ष्यमा छन्।

उनीसँगै यो सूचीमा लियोनल मेसी छन्, जसले अहिलेसम्म ८६६ गोल गरेका छन्। तेस्रो स्थानमा पेले (७६२ गोल) र चौथो स्थानमा रोमारिया (७५६ गोल) रहेका छन्।

विश्वकप २०२६ मा पनि देखिएला रोनाल्डो?

अल–नासरसँग सम्झौता लम्बिएसँगै आगामी विश्वकप २०२६ मा पनि रोनाल्डोको सहभागिता देख्न सकिने अनुमान गरिएको छ। उनले यसअघि स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्ट्स जस्ता ठूला क्लबबाट खेलिसकेका छन्।

उनले यूईएफए नेसन्स लिग जिताएर पोर्चुगललाई अन्तर्राष्ट्रिय सफलता दिलाएका थिए।

यदि तपाईंलाई यो खबर मन पर्यो भने कृपया सेयर र कमेन्ट गर्नुहोस्। सब्स्क्राइब गरेर यस्तै रोचक खबरहरू प्राप्त गर्नुहोस्।

Leave a comment