
जिल्ला प्रशासन कार्यालय रुपन्देही ले पर्वको समयमा देउसी भैलो, नाचगान र अन्य सांस्कृतिक क्रियाकलापहरू मात्र बिहान ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गर्न सार्वजनिक अनुरोध गरेको छ।
बुधबार जारी सूचनामा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै, चाडपर्वमा कसैको इच्छाविरुद्ध क्रियाकलाप नगर्न र समाजमा अशान्ति फैलाउने गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ।
साथै, सूचना अनुसार जुवातास नखेल्न, पटक तथा आतसबाजी जस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न, अखाद्य वस्तु, म्याद गुज्रिएको भाईमसला, प्लाष्टिकका फूलमाला आयात, बिक्री तथा प्रयोग नगर्न सचेत गराइएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चेतावनी दिएको छ कि कानुन विपरीत कार्य गरेमा कारबाही हुनेछ।