Join our Channel

लोकतन्त्रको पर्यायवाची कांग्रेस हो: डा. शेखर कोइराला

लोकतन्त्रको पर्यायवाची कांग्रेस हो: डा. शेखर कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले लोकतन्त्र सुदृढ बनाउन युवाको सक्रिय सहभागिता आवश्यक भएको बताएका छन्।

विराटनगर–४ वडा समितिद्वारा आयोजित क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै उनले “लोकतन्त्रको पर्यायवाची नै कांग्रेस हो” भन्दै लोकतन्त्र कमजोर भए देश नै कमजोर हुने स्पष्ट पारे। उनले नेपाली कांग्रेसभित्र युवाको आकर्षण बढाउनुपर्ने र त्यसका लागि जनचेतना अभियान आवश्यक रहेको बताए।

युवाको सक्रियता आवश्यक

नेता कोइरालाले भने,

“लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिकाबारे युवामा जनचेतना जागृत गराउनु आजको आवश्यकता हो।”

कांग्रेसभित्र प्रतिस्पर्धा, बाहिर एकता

उनले कांग्रेस पार्टीलाई जीवन्त र लोकतान्त्रिक बनाउने हेतुले आन्तरिक प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्दै,

“अन्य दलहरूसँगको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का भएर लाग्नुपर्छ,” भन्ने धारणा व्यक्त गरे।

भेटघाटको सामान्य प्रकृति

राजनीतिक भेटघाट र संवादबारे उनले स्पष्ट पारे कि, आफूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूसँग भेटघाट र छलफल गर्नु सामान्य राजनीतिक प्रकृया भएको बताएका छन्।

Leave a comment