Join our Channel

सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता र सुनुवाइ सुरु

सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता र सुनुवाइ सुरु

सर्वोच्च अदालतले आजदेखि रिट निवेदनको दर्ता र सुनुवाइ सुरु गर्ने भएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको पूर्ण न्यायाधीश बैठक (फुल कोर्ट) ले दर्ता तथा सुनुवाइको मिति तय गरेको हो। अदालतले जारी गरेको सूचनामा भनिएको छ,

“यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू असोज २८ देखि दर्ता एवम् सुनुवाइ हुनेछ। साथै, सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने हुनेछ।”

यसअघि, भदौ २४ मा भएको ‘जेनजी’ आन्दोलनका क्रममा अदालतमा आगजनी, तोडफोड र लुटपाट भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनबाहेक सबै सेवा स्थगित गरिएको थियो। त्यसयता अदालतले त्रिपालमा इजलास बसेर सेवा दिइरहेको थियो।

Leave a comment