
काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भू स्तूपमा घुम्न आउने पर्यटकलाई जबर्जस्ती फोटो खिच्न लगाई बढी पैसा असुल गर्दै अनावश्यक हैरानी दिएको आरोपमा ६ जना पक्राउ परेका छन्।
पक्राउ परेका व्यक्तिहरू:
- कौशल तामाङ (धादिङ, धुनिबेँशी–७, हाल काठमाडौं–१५)
- टाइसन तामाङ (नुवाकोट, बिदुर–४, हाल नागार्जुन–३)
- सुवास तामाङ (ककनी–१, हाल नागार्जुन)
- सुक्चेन तामाङ (सिन्धुली, सुनकोशी–१, हाल नागार्जुन)
- समिर तामाङ (नुवाकोट, तारकेश्वर–१५, हाल नागार्जुन)
- रोहित गौतम (काभ्रेपलाञ्चोक, धुलिखेल–११, हाल बुढानिलकण्ठ)
प्रहरीका अनुसार उनीहरूलाई अभद्र व्यवहार कसुरमा पक्राउ गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।