Join our Channel

७५ केजी गाँजासहित टेम्पो चालक धरानबाट पक्राउ

७५ केजी गाँजासहित टेम्पो चालक धरानबाट पक्राउ

सुनसरी प्रहरीले ठूलो मात्रामा लागूपदार्थ गाँजासहित एक टेम्पो चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरानबाट बराहक्षेत्र नगरपालिका–४ को सुनसरी खोला नजिकैबाट टेम्पो चालकलाई पक्राउ गरिएको हो। प्रहरीले ७५ केजी गाँजासहित टेम्पो नियन्त्रणमा लिएको पुष्टि गरेको छ।

पक्राउ परेका व्यक्ति इटहरी उपमहानगरपालिका–१० निवासी ४५ वर्षीय सुरतलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए।

डिएसपी खतिवडाका अनुसार चौधरीलाई हाल इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले लागूपदार्थ नियन्त्रणसम्बन्धी थप विवरण सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ।

Leave a comment