Join our Channel

तिलिचो वेश क्याम्पबाट ७५० जनाको सफल उद्धार, हिमपातपछि सेना र सुरक्षाकर्मी सक्रिय

तिलिचो वेश क्याम्पबाट ७५० जनाको सफल उद्धार, हिमपातपछि सेना र सुरक्षाकर्मी सक्रिय

निरन्तर हिमपातका कारण अलपत्र परेका ७५० जनाको मनाङको तिलिचो वेश क्याम्पबाट सफल उद्धार गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेको हो।

गएरातिदेखि परेको भारी हिमपातका कारण तिलिचो वेश क्याम्पमा फसेका सयौँ पर्यटक र स्थानीयलाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ खाङसारमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

उद्धारमा सेना, सशस्त्र र प्रहरीको संयुक्त प्रयास

सुरक्षाकर्मीहरूले जोखिमपूर्ण परिस्थितिमा उद्धार कार्य सम्पन्न गरेका हुन्।
सशस्त्र प्रहरीका अनुसार, ७५० जनालाई खाङसार ल्याइए पनि थप ५० जना अझै वेश क्याम्पमा सुरक्षित अवस्थामा राखिएका छन्।

मनाङ घुम्न गएका केही पर्यटकलाई खाङसारमा बसोबासको समस्या देखिएपछि उनीहरूलाई सुरक्षित ठाउँमा पठाउने व्यवस्था मिलाइएको छ।

लेक लागेर एक जना बेहोस, तत्काल उद्धार

यसैबीच, तिलिचो तालबाट फर्कँदै गर्दा लेक लागेर बेहोस भएका काठमाडौं महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई
सशस्त्र प्रहरी र नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको टोलीले तत्काल उद्धार गरी हुम्डे स्वास्थ्य चौकीसम्म पु¥याएको छ।

उद्धार तालिमले सहज बनायो हिमाली उद्धार कार्य

सशस्त्र प्रहरी बलले मनाङमा स्थापना गरेको पर्वतीय उद्धार तालिम शिक्षालयले
हिमपात र विपद् बेला हुने उद्धार कार्यमा सुगमता र दक्षता ल्याएको जनाएको छ।

“अब हिमाली क्षेत्रका पर्यटक वा नागरिक हिमपातमा परे पनि तत्काल उद्धार सम्भव भएको छ,”
— सशस्त्र प्रहरी बल, मनाङ।

Leave a comment