
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता तथा निलम्बित सांसद टोपबहादुर रायमाझी कारागार फर्किएका छन्।
डिल्लीबजार कारागार स्रोतका अनुसार रायमाझी मंगलबार कारागार फर्किएका हुन्।
भदौ २४ गते जेनजीको प्रदर्शनको क्रममा उनी सुन्धारा कारागारबाट फरार भएका थिए। दुई सातापछि उनी स्वेच्छाले सुन्धारा कारागार फर्किएका र त्यसपछि डिल्लीबजार कारागार स्थानान्तरण गरिएको बताइएको छ।
यसअघि सोही कारागारबाट फरार भएका चूडामणि उप्रेती ‘गोरे’ समेत फर्किसकेका थिए।
स्रोतका अनुसार सुन्धारा कारागारबाट भागेका ३३ सयमध्ये करिब एक हजारजना कारागार फर्किसकेका छन् भने केही फरार कैदी विभिन्न जिल्ला कारागारहरूसँग सम्पर्कमा आएका छन्।