Join our Channel

तोसिमा कार्कीको आग्रह: “अलमल गर्ने समय छैन, नयाँ भन्नेहरूले एक ढिक्का हुनैपर्छ”

तोसिमा कार्कीको आग्रह: “अलमल गर्ने समय छैन, नयाँ भन्नेहरूले एक ढिक्का हुनैपर्छ”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्की ले देश र मत क्रान्ति निर्माणका लागि नयाँ राजनीतिक नेताहरू एक ढिक्का भएर अगाडि बढ्नुपर्छ भनेर स्पष्ट सन्देश दिएकी छन्।

सामाजिक सञ्जालमा प्रकाशित पोस्टमा कार्कीले लेखेकी छन्:

“अलमल गर्ने समय छैन। नो इफ नो बट्स — नयाँ भन्नेहरूले एक ढिक्का हुनैपर्छ। देश बनाउने नै हो भने मत क्रान्तिको लागि एकै ठाउँ उभिन नयाँ भन्नेहरू रास्वपालगायत सबैले आ-आफ्नो हठ त्याग्नैपर्छ। हठकै राजा महाराजा हुनुथ्यो त ओलि छँदै थिए नि!”

उनले नयाँ नेताहरूलाई आफ्ना व्यक्तिगत हठ र मतभेदभन्दा माथि उठेर, साझा उद्देश्यका लागि एकजुट हुन आग्रह गरेकी छन्। उनको यो वक्तव्य राजनीतिक गतिविधि र आगामी राजनीतिक गठबन्धनका दृष्टिले महत्वपूर्ण मानिएको छ।

कार्कीको यो अभिव्यक्ति अहिलेको राजनीतिक परिस्थितिमा नयाँ नेताहरूबीच एकता र साझा प्रयासको आवश्यकता दर्शाउँछ।

Leave a comment