
बेलायत सरकारले चाँडै नयाँ आप्रवासन नियम लागू गर्ने घोषणा गरेको छ। नयाँ नियम अनुसार बेलायत प्रवेश गर्नका लागि आप्रवासीले अंग्रेजी भाषामा ‘ए-लेभल’ स्तरको दक्षता हासिल गरेको हुनुपर्नेछ।
कसलाई प्रभाव पर्नेछ?
- उच्च शिक्षा स्नातक (Graduate) आवेदक
- ‘स्किल्ड वर्कर’ (Skilled Worker) भिसा आवेदन दिनेहरू
- ‘स्केल-अप’ (Scale-up) भिसा आवेदन दिनेहरू
यी सबै समूहहरू आगामी ८ जनवरी २०२६ देखि लागू हुने नयाँ नियम अन्तर्गत अंग्रेजी नआएको खण्डमा भिसा पाउने छैनन्।
सरकारको उद्देश्य
बेलायती गृह मन्त्रालयले यो नीति देशमा आप्रवासन घटाउने रणनीतिक योजनाको हिस्सा भएको बताएको छ।
गृहमन्त्री शबाना महमूदले भनिन्:
“यदि तपाईं यो देशमा आउनुभयो भने, तपाईंले हाम्रो भाषा सिक्नु पर्छ र समाजमा योगदान दिनु पर्छ। यहाँ आउने र योगदान गर्नेहरूलाई स्वागत छ, तर भाषा नआएको अवस्था स्वीकार्य छैन।”
नयाँ नियमले बेलायतमा सामाजिक एकीकरण र कार्यक्षमतामा वृद्धि गर्न सरकारको लक्ष्य प्रस्ट पारेको छ।