Join our Channel

देशभर जनभेला र प्रदर्शन गर्ने एमालेको घोषणा

देशभर जनभेला र प्रदर्शन गर्ने एमालेको घोषणा

नेकपा एमालेले देशभर जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको छ। शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि यो निर्णय गरेको एमालेले जनाएको छ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूसँग कुरा गर्दै भने —

“संविधान र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि जनस्तरमा सशक्त आवाज उठाउने उद्देश्यले देशभर जनभेला र प्रदर्शन गर्ने निर्णय भएको हो।”

उनका अनुसार एमालेले तय गरेको कार्यक्रम यसप्रकार छन् —

  • कात्तिक २२ गते: वडा स्तरमा भेला
  • कात्तिक २५ गते: पालिका स्तरमा भेला
  • कात्तिक २९ गते: जिल्ला स्तरमा जनसभा
  • मंसिर ६ गते: काठमाडौंमा केन्द्रीय जनसभा

ज्ञवालीका अनुसार यी कार्यक्रमहरूबाट एमालेले देशभर “राजनीतिक जनसन्देश र राष्ट्रिय एकताको आवश्यकता” उजागर गर्नेछ।

Leave a comment