Join our Channel

एमाले अध्यक्ष ओलीले सचिवालय बैठक बोलाए

एमाले अध्यक्ष ओलीले सचिवालय बैठक बोलाए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएका छन्। बैठक ओलीको गुन्डुस्थित निवासमा बस्ने तय भएको हो।

हालैको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे बैठकमा विस्तृत छलफल हुने जनाइएको छ। यससँगै बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिँदै, आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे बैठकले ठोस निर्णय गर्ने तयारी गरेको बताए।

Leave a comment