Join our Channel

अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना, सातजनाको मृत्यु

अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना, सातजनाको मृत्यु

अमेरिकाको केन्टकीस्थित लुइसभिल विमानस्थलबाट उडान भर्ने क्रममा युपीएस कार्गो विमान दुर्घटना हुँदा कम्तिमा सातजनाको मृत्यु भएको छ। दुर्घटनाको क्रममा विमानमा आगो लागेको र ११ जना घाइते भएको जनाइएको छ।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार विमान स्थानीय समय अनुसार दिउँसो १:१५ बजे दुर्घटनाग्रस्त भएको हो। विमानमा रहेको ३८ हजार ग्यालन इन्धन विस्फोट भएपछि आगलागी भएको र आसपासका व्यावसायिक प्रतिष्ठानहरूमा समेत क्षति पुगेको छ।

घाइतेहरूको नजिकैका अस्पतालमा उपचार भइरहेको छ भने वरपरका बासिन्दालाई घरभित्रै बस्न चेतावनी दिइएको छ। दुर्घटनाको कारणको अनुसन्धान सुरु गरिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

Leave a comment