Join our Channel

अमेरिकाले थप पाँच नेपालीलाई निष्कासन, दिल्ली हुँदै काठमाडौं फर्काइयो

अमेरिकाले थप पाँच नेपालीलाई निष्कासन, दिल्ली हुँदै काठमाडौं फर्काइयो

अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आएका थप पाँच जना नेपाली नागरिकलाई नेपाल फिर्ता गरेको छ। दाङ, प्युठान र रुकुम जिल्लाका पाँच जना युवालाई भारतको दिल्ली हुँदै बुधबार साँझ करिब ५ बजे काठमाडौं ल्याइएकाे स्रोतले जनाएको छ।

निष्कासनमा परेकामा—

  • दाङका ओली
  • दाङकै खड्का
  • प्युठानका बुढाथोकी
  • रुकुमका शाही
  • रुकुम पूर्वका खड्का थरी

एक-एक जना रहेका छन्। उनीहरूलाई एयर इन्डियाको नियमित उडानमार्फत ल्याइएको बताइन्छ।

यसअघि गत हप्ता मात्र अमेरिकाले चार्टर्ड विमान प्रयोग गरेर ३५ जना नेपालीलाई एकैपटक नेपाल फर्काएको थियो। पछिल्लो समय अमेरिकामा अति जोखिमपूर्ण अवैध पारगमन, कागजात अभाव र अवैध बसाइका कारण नेपालीहरूको निष्कासन दर बढिरहेको देखिन्छ।

Leave a comment