
हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज बिहान इजरायल प्रस्थान गरेका छन्। उनीहरू फ्लाइ दुबईमार्फत बिहान ९ बजे इजरायलतर्फ गएका हुन्।
इजरायल सरकारले विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न उनीहरूलाई इजरायल बोलाएको हो। योजना अनुसार, उनीहरूलाई संयुक्त राष्ट्रसंघसम्म पुर्याइनेछ र राष्ट्रसंघका पदाधिकारीसँग भेटवार्ता गराउन अमेरिकासम्म लैजाने तयारी गरिएको छ।
हमासको नियन्त्रणमा रहेका ५० मध्ये केवल २० जना मात्र जीवित रहेको अनुमान अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। विपिन जोशी गत वर्ष हमासद्वारा अपहरणमा परेका नेपालीमध्ये एक हुन्।