
रामेछापको खाँडादेवी गाउँपालिकामा शनिबार ट्याक्टर दुर्घटना हुँदा चालक दिनेश माझीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटना मध्यपहाडी लोकमार्गअन्तर्गत बेनीबाट सित्खातर्फ आउँदै गरेको ना ६ त ९५९१ नम्बरको खालि ट्याक्टरले गर्दा भएको हो।
दुर्घटनामा सवार विवेक माझी घाइते भएका थिए, जसलाई तत्काल दिलश्री मेडिकल, मन्थलीमा उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।