Join our Channel

काठमाडौंमा ‘एक्स ओ क्लब’ उद्घाटन: ३० करोड लगानीमा विश्वस्तरीय नाइट लाइफको सुरुवात

काठमाडौंमा ‘एक्स ओ क्लब’ उद्घाटन: ३० करोड लगानीमा विश्वस्तरीय नाइट लाइफको सुरुवात

नेपालको राजधानीमा ‘एक्स ओ क्लब’ आधिकारिक रूपमा सञ्चालनमा आएको छ। करिब ३० करोड रुपैयाँको लगानीमा स्थापित यस क्लबले नेपालको नाइट लाइफमा नयाँ युगको सुरुवात गर्ने दाबी गरेको छ।

उद्घाटनअघि नै After Hoursसँग मिलेर गरिएको अन्डर–कन्स्ट्रक्सन पार्टीले काठमाडौंका संगीतप्रेमीलाई पहिलो पटक विश्वस्तरीय क्लबको अनुभव दिएको थियो।

क्लबका विशेषताहरू:

  • विश्वप्रसिद्ध Adamson स्पिकर सिस्टम जडान।
  • अत्याधुनिक लाइटिङ र साउन्डप्रुफिङ।
  • क्यानडाबाट आएका विशेषज्ञद्वारा प्रत्यक्ष ट्युनिङ।
  • संगीतप्रेमीलाई पूर्ण डुबाउने अनुभव दिने संरचना।

क्लब व्यवस्थापनका अनुसार यससँगै काठमाडौंको मनोरञ्जन र नाइट लाइफमा ठूलो रूपान्तरण आउने अपेक्षा गरिएको छ।

Leave a comment