Join our Channel

६० किलो सुन तस्करी प्रकरण: जीवन चलाउनेसहित १९ फरार प्रतिवादीलाई अदालतको ३५ दिनभित्र उपस्थित हुन सूचना

६० किलो सुन तस्करी प्रकरण: जीवन चलाउनेसहित १९ फरार प्रतिवादीलाई अदालतको ३५ दिनभित्र उपस्थित हुन सूचना

काठमाडौं जिल्ला अदालतले चर्चित ६० किलो सुन तस्करी प्रकरणमा संलग्न भइ फरार रहेका जीवन चलाउनेसहित १९ जना प्रतिवादीलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०८० साल भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो। अनुसन्धानको क्रममा अवैध सुन भन्सार छलिको माध्यमबाट ल्याइएको, संगठित अपराध, राहदानी ऐन, नागरिकता ऐन, नेपाल राष्ट्र बैंक ऐन, भुक्तानी तथा फर्छ्यौट ऐन, किर्ते नागरिकता तथा हातहतियारसम्बन्धी मुद्दाहरूमा अभियोग लगाइएको थियो।

सीआईबीले दोस्रो चरणको अनुसन्धान २०८१ असार १८ गते सम्पन्न गर्दै थप १७ जनासहित जम्मा ४६ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

तर, मुद्दा दायर भएको लामो समयसम्म पनि तीमध्ये १९ जना फरार नै रहेकाले अदालतले सोमबार सार्वजनिक सूचना जारी गर्दै उनीहरूलाई ३५ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो। फरारमध्ये ६ जना चिनियाँ नागरिक रहेको जनाइएको छ।

यस सुन तस्करी प्रकरण २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट ब्रेक शुका रूपमा ल्याइएको सामानमा ६० किलो ७१६ ग्राम सुन फेला परेपछि सार्वजनिक भएको हो।

फरार प्रतिवादीहरूलाई खबरदारी

अदालतले अब पुनः एकपटक फरार अभियुक्तहरूलाई समय दिँदै कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ। अदालतले जारी गरेको सूचनालाई वेवास्ता गरे कानुनी कारबाही थप कडा हुने संकेत गरिएको छ।

Leave a comment