Join our Channel

बागलुङ जिप दुर्घटना: ४ जनाको मृत्यु, १२ घाइते – पूरा विवरण पढ्नुहोस्

बागलुङ जिप दुर्घटना: ४ जनाको मृत्यु, १२ घाइते – पूरा विवरण पढ्नुहोस्

बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासेडाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। दुर्घटना शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारबाट चौरतर्फ जाँदै गरेको लु प्र ०१–००१ च १७७५ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा ढोरपाटन नगरपालिका–२ की ७० वर्षीया नरबहादुर कार्की र ७५ वर्षीया भीमकुमारी बुढाको घटनास्थलमै ज्यान गएको थियो। गम्भीर घाइते भएकी २१ वर्षीया टीकाकुमारी कुँवरको पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र ७५ वर्षीया मनकुमारी थापाको उपचारको क्रममा शनिबार बिहान पोखराको मणिपाल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए।

दुर्घटनामा अन्य १२ जना यात्रु घाइते भएका छन्। घाइतेहरूमा ढोरपाटन–२ का २७ वर्षीय चालक गोविन्द थापा, १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ३५ वर्षीया डल्ली विक, ११ वर्षीय शिशिर कार्की र ३० वर्षीया टनमाया कुँवर रहेका छन्।

घाइतेहरूको पोखराको मणिपाल अस्पताल र पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब ६० मिटर तल खसेको थियो।

Leave a comment