Join our Channel

सीमाबाट ३९ लाखको अवैध इलेक्ट्रोनिक्स सामान बरामद, तस्कर फरार

सीमाबाट ३९ लाखको अवैध इलेक्ट्रोनिक्स सामान बरामद, तस्कर फरार

बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ स्थित डम्पिङ साइटबाट सशस्त्र प्रहरीले करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारी सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराका अनुसार भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ‘एयरपड प्रो’ र मोबाइलको टेम्पर ग्लास साइकलमा राखेर ल्याउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।

गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीका अनुसार ती सामान ल्याउने व्यक्ति भने फरार रहेका छन् र उनीहरूको खोजी भइरहेको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको जानकारी प्रहरीले दिएको छ।

यसरी सीमावर्ती क्षेत्रमा सक्रिय चोरीपैठारी रोक्न सशस्त्र प्रहरी बलले निगरानी बढाएको छ।

Leave a comment