Join our Channel

कर नतिरेपछि चार उद्योगमा नगरपालिका द्वारा ताला

कर नतिरेपछि चार उद्योगमा नगरपालिका द्वारा ताला

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा कर तिर्न अटेर गरेका चारवटा उद्योगमा नगरपालिकाले तालाबन्दी गरेको छ। नगर कार्यालयमा दर्ता नभएका, नवीकरण नगरेका र पटक–पटक ताकेता गर्दा पनि कर नतिरेका इँटा र क्रसर उद्योगहरू बन्द गरिएका हुन्।

नगर प्रमुख टोकबहादुर वाइबाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि तथा उद्योग वाणिज्य संघसमेतको सहभागी टोलीले शुक्रबार ती उद्योगहरूमा ताला लगाएको हो।

तालाबन्दी गरिएका उद्योगहरूमा तीन वटा इँटा उद्योग र एउटा क्रसर उद्योग रहेका छन्।

  • वडा नं ९ रायोबारीस्थित सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगले आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्म कर नतिरेको रकम रु ४५ लाख ८४ हजार पुगेपछि ताला लगाइएको हो।
  • वडा नं ६ मा रहेको कालीदेवी इँटा उद्योगचण्डेनी–नगरकोट ब्रिक्स इन्डष्ट्रिज प्रालिले क्रमशः रु ६१ लाख ८४ हजार कर तिर्न बाँकी राखेका थिए।
  • वडा नं ७ मा रहेको दक्षिणकाली इँटा उद्योगले पनि कर नतिरेपछि ताला लगाइएको छ।
  • चण्डेनी–नगरकोट ब्रिक्स इन्डष्ट्रिज त दर्ता नभएकै कारण बन्द गरिएको हो।

नगर प्रमुख वाइबाले नगरपालिकाको मापदण्डअनुसार समयमै कर तिर्न पटक–पटक आग्रह गरिए पनि बेवास्ता गरेपछि वैकल्पिक रूपमा उद्योगहरू बन्द गर्नुपरेको बताएका छन्। उनले भने, “तोकेको कर तिरेपछि मात्र उद्योग खोलिनेछ, नत्रसम्म कुनै पनि सामग्री बिक्री गर्न नपाइने छ।”

यस निर्णयसँगै नगरपालिकाले सबै उद्योगलाई कानुनी रूपमै कर तिर्नु र दर्ता नविकरण गर्न समयमै ध्यान दिन आग्रह गरेको छ।

Leave a comment