Join our Channel

कांग्रेसको महाधिवेशन २०८३ मंसिरअगावै! गगन थापाको स्पष्ट सन्देश

कांग्रेसको महाधिवेशन २०८३ मंसिरअगावै! गगन थापाको स्पष्ट सन्देश

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आगामी महाधिवेशन २०७९ मंसिरभन्दा अगाडि नै हुने प्रष्ट पारेका छन्।

शनिबार काठमाडौंमा आयोजित कांग्रेस क्षेत्र नम्बर ६, क को प्रदेशसभा क्षेत्रीय कार्यसमितिको कार्यक्रममा थापाले भने, “महाधिवेशन सार्ने प्रयास भए पनि २०८३ मंसिरभन्दा पछाडि धकेल्न अदालतले रोकिनेछ।”

उनले महाधिवेशनअघि क्रियाशील सदस्य नवीकरणविधान संशोधनको काम सम्पन्न गर्नुपर्ने बताए। विधान संशोधनमा प्रत्यक्ष निर्वाचनमार्फत सभापति चयनको व्यवस्था गरिनुपर्ने उनले जोड दिए।

गुटबन्दी अन्त्यको उपाय : प्रत्यक्ष सभापति निर्वाचन

थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न प्रत्यक्ष सभापति निर्वाचन प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले भने, “यदि हामीले पार्टी सभापति प्रत्यक्ष निर्वाचनबाट छान्यौं भने गुटबन्दी आफैँ हट्छ।”

त्यसैगरी, उनले पार्टीमा रहेका धेरैजसो समितिहरूको पुनरावलोकन आवश्यक भएको उल्लेख गरे।

क्रियाशील सदस्य नवीकरण असार मसान्तभित्र

महामन्त्री थापाका अनुसार असार मसान्तभित्र क्रियाशील सदस्य नवीकरण प्रक्रिया पूरा गरिनेछ। त्यसपछि नयाँ सदस्य थप्ने प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

Leave a comment