Join our Channel

२०८४ मा माओवादीले बहुमत नल्याए देश गम्भीर संकटमा पर्छ : नारायणकाजी श्रेष्ठको चेतावनी

२०८४ मा माओवादीले बहुमत नल्याए देश गम्भीर संकटमा पर्छ : नारायणकाजी श्रेष्ठको चेतावनी

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २०८४ सालको निर्वाचनमा माओवादी केन्द्रले बहुमत नल्याए मुलुक गहिरो संकटमा फस्ने गम्भीर चेतावनी दिएका छन्।

शनिबार दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले भने, “यदि माओवादी केन्द्रले बहुमतको सरकार बनाउने अवसर पाएन भने देश अझै गहिरो संकटको दलदलमा फस्नेछ।”

उनले शहीदहरूको सपना पूरा गर्न र मुलुकलाई संकटमुक्त बनाउने जिम्मा माओवादी नेतृत्वले मात्रै पूरा गर्नसक्ने दाबी गरे।

श्रेष्ठले हालको सत्ता सञ्चालनमा रहेका नेताहरूलाई भ्रष्ट र निरंकुश ठहर गर्दै उनीहरूलाई सचेत गराउन आफूहरूले राष्ट्रिय जनचेतना अभियान सञ्चालन गरिरहेको जानकारी दिए।

उनले पार्टीलाई अझ क्रान्तिकारी, संगठित र शक्तिशाली बनाउनुपर्ने आवश्यकता औंल्याउँदै भने, “इतिहासले दिएको जिम्मेवारी पूरा गर्न माओवादी आन्दोलनको पुनर्जागरण जरुरी छ।”

Leave a comment