Join our Channel

रास्वपाको अवरोधले सरकारलाई ‘सहज’: सांसद बास्कोटा भन्छन्– धन्यवाद दिनुपर्ने हो!

रास्वपाको अवरोधले सरकारलाई 'सहज': सांसद बास्कोटा भन्छन्– धन्यवाद दिनुपर्ने हो!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा वेल घेराउ र नाराबाजी गर्दै बजेटमाथिको छलफल अवरुद्ध गरेपछि एमाले सांसद गोकुल बास्कोटाले सरकारलाई यस्तो ‘सहज अवस्था’ सिर्जना गरिदिएको भन्दै रास्वपालाई धन्यवाद दिनुपर्ने बताएका छन्।

बास्कोटाले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै लेखेका छन्, “सरकारले रास्वपालाई धन्यवाद दिनुपर्छ। उनीहरूले न आफूले आलोचना गरे, न अरूलाई गर्न दिए। यस्तो प्रतिपक्ष संसारमै कमै देखिन्छ।”

उनका अनुसार रास्वपा बजेटको आलोचना नगर्ने तर अरुलाई पनि बोल्न नदिने रणनीतिमा लागेको छ, जसले सरकारलाई सहज बनाएको छ। उनले रास्वपाको संसद्मा जारी अवरोधलाई ‘लय मिलेको देउसी’को संज्ञा पनि दिएका छन्।

जेठ १३ गतेदेखि संसदमा विरोध गर्दै आएका विपक्षी दलहरूमध्ये प्रमुख प्रतिपक्ष माओवादी केन्द्र र एकीकृत समाजवादीले दुईबुँदे सहमति गर्दै जेठ ३० मा अवरोध फिर्ता लिएका थिए। तर, रास्वपाले सोही दिनदेखि संसदको वेल घेराउ र नाराबाजी जारी राखेको हो।

रास्वपाले भिजिट भिसा प्रकरणमा संसदीय वा न्यायिक छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ। तर, सरकार पक्षबाट नै रास्वपाको अवरोध अन्त्य गर्न गम्भीर प्रयास नदेखिएको आरोप पनि लाग्दै आएको छ।

Leave a comment