Join our Channel

लुम्बिनी प्रदेशको बजेट २०८२/८३: कृषि, पर्यटन र पूर्वाधारमा जोड दिँदै ३८ अर्ब ९१ करोडको योजना सार्वजनिक

लुम्बिनी प्रदेशको बजेट २०८२/८३: कृषि, पर्यटन र पूर्वाधारमा जोड दिँदै ३८ अर्ब ९१ करोडको योजना सार्वजनिक

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

प्रदेश सरकारको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आइतबार अर्थमन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्दै कृषि, उद्योग, पर्यटन र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको जानकारी दिए।

उक्त बजेटमा १२ अर्ब १ करोड ४७ लाख ८६ हजार (३०.८८%) चालु खर्च२३ अर्ब ४७ करोड १४ लाख ६५ हजार (६०.३२%) पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।

अर्थमन्त्री कार्कीले ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार (८.८०%) वित्तीय हस्तान्तरणको लागि छुट्याइएको जानकारी गराए।

बजेटको प्राथमिकता:

लुम्बिनी प्रदेश सरकारले “समृद्ध लुम्बिनी, खुसी नागरिक”को दीर्घकालीन दृष्टिकोणसहित यस वर्षको बजेटमा निम्न क्षेत्रहरूमा केन्द्रित गरेको छः

  • कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि
  • गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच
  • उद्यमशीलता र रोजगारी सृजना
  • दिगो पूर्वाधार विकास
  • समावेशी तथा सामाजिक न्याय आधारित विकास
  • गरिबी न्यूनीकरण र आर्थिक असमानताको अन्त्य

अर्थमन्त्री कार्कीले बजेटले उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित आयोजना तयार पारिएको बताए। साथै, बजेटले रोजगारी सिर्जना, सामाजिक समावेशीकरण, र आर्थिक सशक्तिकरणमा टेवा पुग्ने स्पष्ट पारे।

Leave a comment